राष्ट्रिय वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालन



राष्ट्रिय वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीको उद्घाटन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको हो।

सो अवसरमा मुख्यमन्त्री भट्टले सरकारको लगानीमा सञ्चालित संस्थानहरूको कार्यसम्पादन विगतमा सन्तोषजनक नभए पनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउनुभयो।

उहाँले बैंकले सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ सेवा प्रवाहका लागि ‘सेवासहितको नाफा र नाफा सहितको सेवा’ प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ सेवा पुर्याउंँदै जाने प्रतिबद्धता ब्यक्त गर्नुहुँंदै ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाको अहम् भुमिका हुने बताउंँदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्