निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य नगर्न महासंघको माग



नेपाल समाचारपत्र, काठमाडौं।

मुलुकको प्रमुख उद्योगपतिलाई स्वदेश फर्किने क्रममा पक्राउ गरी हिरासतमा लिएपछिकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुको साथै हजारौलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलो मात्रामा राजस्वसमेत बुझाउंदै आएको उद्योगपतिमाथि बिना सोच विचार हतार–हतार गरिएको यस प्रकारको व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था रहेको महासंघको भनाइ छ।

उद्योगी, व्यवसायीमाथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघ जोडदार माग गर्दछ।

प्रतिक्रिया दिनुहोस्