टेलिकमको सातै प्रदेशका प्रमुख शहरमा फोरजी सिम वितरण अभियान



नेपाल टेलिकमले सातै प्रदेशका प्रमुख शहरमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन कार्य सम्पन्न भएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य भइरहेको छ। आगामी कार्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको छ।

यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरूलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ। यस अभियानअन्तर्गत ग्राहकले सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेस गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन्।

सातै प्रदेशका विभिन्न स्थानमा कलाकारहरूको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन भएको छ।

साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्