पश्चिम दरबाङ सहकारीको १२औं साधारणसभा



पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था म्याग्दीको शनिबार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। २ हजार ७ सय १० जना शेयर सदस्य रहेको सहकारीले छ करोड ३६ लाख ५९ हजार शेयर पुँजी, ३३ करोड सातलाख ३१ हजार एकसय रुपियाँ बचत र ३४ करोड सात लाख ८४ हजार सातसय एक रुपियाँ कर्जा लगानी गरेको छ।

साधारण सभाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले अन्य सहकारीहरू ग्रामीण क्षेत्र प्रवेश गर्ने क्रममा रहे पनि पश्चिम दरबाङ सहकारी चाहीँ शहर केन्द्रित भएको हुँदा विदेशिने युवालाई स्वदेशमै रोजगारको सिर्जना गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सहकारीले आर्थिक कारोबार सँगसँगै समाज परिवर्तन र रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने बताउनुभयो।

साधारणसभामा सहकारीको इतिहाँस समेटिएको स्मारिका ‘सफल पाइला’को गाउँपालिकाका अध्यक्ष रोका र सहकारीका अध्यक्ष सुरेन्द्रराज शर्माले विमोचन गरेका थिए। साधारण सभामा संस्थाका सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष कृष्ण आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्