टीभीएस एनटर्क सधैं तपाईको साथमा



नेपाल समाचारपत्र, काठमाडौं।

जगदम्बा मोटर्स प्रालि नेपालका लागि टीभीएस स्कुटरको अधिकृत वितरकले नेपालीको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाको मन्दिर भ्रमणलाई सहज बनाउन मद्दत गरेको छ। यो पहल सप्तमी र अष्टमी गरेर दुई दिनसम्म जारी रहेको थियो।

टीभीएस एनटर्कका स्वयमंसेवक उपत्यकाकै अत्यन्त भीडभाड हुने मन्दिर गुहेश्वरी र भद्रकालीमा छरिएर सयौंको संख्यामा रहेका वृद्धवृद्धा र बच्चा बोकेका महिला दर्शनार्थीको स्थानमा गएर उनीको पालोका लागि लाइनमा बसेर सहयोग गरिरहेका थिए।

भक्तजनले टीभीएस एनटर्कको स्टलमा विश्राम गरे र यसैबीचमा स्वयमंसेवक उनीका लागि लाइनमा बसिदिए। स्वयम्सेवक बाहेक थुप्रै युवाले टीभीएस एनटर्कको महान कार्यमा हात बढाए।

यो पहलको मुख्य उद्देश्य वृद्धवृद्धाको मन्दिर भ्रमणलाई सहज बनाउनु रहेको थियो। यो अभियानको साथ टीभीएस एनटर्क सधैं तपाईको साथमा भन्ने सिद्धान्तमा अटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्