एनएमबि बैंकको गण्डकी प्रदेश केन्द्रित बचत योजना



नेपाल समाचारपत्र, काठमाडौं।

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि गण्डकी प्रदेशका ग्राहक लक्षित नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ। एनएमबि र ओमबीचको संयुक्त कारोबार असोज ११ गतेबाट सञ्चालन भइसकेको छ।

यो बचत खाताले खातावालाको श्रीमान/श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपियाँसम्मको औषधि उपचार बीमा र थप १० लाख रुपियाँसम्मको दुर्घटना मृत्यु बीमा सहितको प्याकेज उपलब्ध गराउने छ।
बैंकका अनुसार यस खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध हुनेछ। यो बचत खाताअन्तर्गत विभिन्न बिक्री केन्द्रहरूमा एनएमबि डिलाइड डेबिट र क्रेडिट कार्डबाट छुट प्राप्त हुनेछ र एनएमबि बैंकबाट घर कर्जा सुविधा लिँदा ब्याजदरमा १ प्रतिशतको छुटसहितका अन्य लाभहरू प्राप्त हुनेछ। एनएमबि बैंक शाखाका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा ठूलो बैंक हो।

प्रतिक्रिया दिनुहोस्