एनआईसी एसिया बैंकले युनियन पेबीच सम्झौता



एनआईसी एसिया बैंकले युनियन पे इन्टरनेसनलको सहकार्यमा एनआईसी एसिया युनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनियन पे भर्चुअल कार्डको शुरु गरीएको हो।

सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवासँग एकीकृत गरी छिट्टै ग्राहक सामु लैजाने योजना बनाएको छ। साथै यस शुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढीकरण हुने विश्वास बैंकले लिएको छ।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ। युनियन पे इन्टरनेसनलले विश्वभरका १७५ भन्दा बढी मुलुकमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्बभन्दा बढी कार्ड जारी गरेकोे छ।

प्रतिक्रिया दिनुहोस्