दुई कम्पनीको बुक क्लोज हुँदै



नेपाल समाचारपत्र, काठमाडौं।

वार्षिक साधारण सभा प्रयोजनका लागि बुधबारदेखि दुई कम्पनीले बुक क्लोज गर्ने भएका छन्। महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सले बुक क्लोज गर्न लागेका हुन्। दुवै कम्पनीको कात्तिक २९ गते वार्षिक साधारण सभा हुँदैछ।

बुक क्लोजको आधारमा कात्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

बुक क्लोज गर्न लागेका कम्पनीमध्ये महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ९ दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

त्यस्तै मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्