नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा



नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापकतर्फको २९ हजार ३८० कित्ता शेयर बिक्रीमा रहेको छ। बैंकले कात्तिक २१ गतेदेखि २८ गतेसम्म उक्त शेयर बिक्री गर्ने भएको छ। शेयर आवेदनका लागि ५ सय रुपियाँमा एनआईबीएल एस क्यापिटलबाट फारम प्राप्त गर्न सकिनेछ।

शेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम ३००० कित्ताका लागि आवेदन गर्न सकिनेछ भने अधिकतम्को हद तोकिएको छैन। शेयरको प्रतिशेयर मूल्य २७५ रुपियाँ तोकिएको हँुदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

आवेदकहरूले आवेदनमा हितग्राही खाता नम्बर र बैंक खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ। प्राप्त आवेदन मंसिर २ गते खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्