चिलिमेद्वारा लाभांशको प्रस्ताव



चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर ११ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ। गत वर्ष पनि कम्पनीले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत नै लाभांश दिएको थियो।

चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजारको आधारमा कम्पनीले लाभांश दिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्नेको छ।

प्रतिक्रिया दिनुहोस्