सनराइज बैंकद्वारा नगद लाभांश पठाउन शुरु



सनराइज बैंकले ५ दशमलव ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन शुरु गरेको छ। बैंकले कात्तिक १७ गतेदेखि आइपीएस प्रणालीमार्फत नगद लाभांश वापतको रकम शेयरधनीको बैंक खातामै पठाउन शुरु गरेको हो।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीले नेपाल क्लियरिङ हाउसको आइपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खातासम्बन्धी विवरण अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्