नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने



नेपाल समाचारपत्र, काठमाडौं।

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ।

गत वर्ष पनि नबिल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बैंकले चालू आवमा १ अर्ब ८ करोड १४ लाख २१ हजार ४ सय रुपियाँ बराबरको बोनस वितरण गर्नेछ। यस्तै १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९०० रुपियाँ नगद लाभांश बाड्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्