रसुवागढी भन्सार कार्यालयमा लक्ष्य भन्दा कम राजश्व संकलन



सरस्वति न्यौपाने,रसुवा ।

रसुवागढी भन्सार कार्यालय ले असोज महिना भरी लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।
वर्षाको कारण सडक अवरुद्ध भएको र सामाग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीनमा भएको सार्वजनिक विदाका कारा कार्यालयले लक्ष्य भेटाउन नसकेको हो ।

कार्यालयले गएको असोज महिनामा एक अर्व ४ कारोड ३६ लाख ७४ हजार राजश्व सङकलन गर्ने लक्ष्य राखेकोमा जसमा एक अर्व ३८ करोड असी लाख ३२ हजार राजस्व सङकलन भएको हो । यो लक्ष्यको ९८.८९ प्रतिशत हो । असोज महिनामा लक्ष्य भन्दा केही कम राजश्व उठेको भए पनि कार्यालयले वार्षिक लक्ष्यको ४२ प्रतिशत राजश्व उठाइसकेको छ ।

कार्यालयले साउनमा एक अर्व तिन करोड पाँच लाख ४८ हजार रुपैया र भदौ एक अर्व ५१ कारोड २६ लाख ९० हजार उठेको छ । दशैमा लक्ष्य भन्दा केही कम राजश्व सङकलन भए पनि तीन महिनाका लागी राखिएको लक्ष्य भन्दा बढी भएकोले समस्या नरहेको प्रमुख भन्सार अधिकृत पुण्य खडकाले बताए । असोज महिनामा रसुवागढी नाकाबाट भदौमा दशैका सामाग्री हरुमा रेडिमेट लगाएत टेलिकमका सामाग्री र प्रोजेक्टरको सामाग्री बढी आएका छन ।

यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैया राजस्व उठाउने लक्ष्य राखेकोछ । गत आर्थिक वर्षमा नौ अर्व ५० करोड ६२ लाख ६२ हजार रुपैया राजस्व सङकलन गर्ने वार्षिक लक्ष्य राखिएको मा १ अर्व ६० करोड २४ लाख १९ हजार रुपैया राजस्व सङकलन भएको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा दुई अर्व चार करोड ४६ लाख ८७ हजार सात सय ४४ आ.व. ७३/७४ मा दुई अर्व ९२ कारोड १८ लाख दुई हजार र आ.व. ७४/७५ मा चार अर्व ५९ करोड २३ लाख १९ हजार राजश्व उठेको भन्सार कार्यालयको तथ्याङक छ ।

प्रतिक्रिया दिनुहोस्