सनफ्लो सनफ्लावर तेलमा हिराको हार उपहार



केएल दुगड ग्रुपअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले सनफ्लो सनफ्लावर तेलमा हिराको हार र हिराको सेट जित्ने अफर ल्याएको छ। यो योजना २३ अक्टोबरदेखि लागू हुनेछ। यो योजनामा सहभागी हुन उपभोक्ताले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नुपर्नेछ।

हरेक १५ दिनमा लक्की ड्र अन्तर्गत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन्। एकजना विजेताले बम्पर लक्की ड्र अन्तर्गत ३ महिना पश्चात अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्नेछन्।

त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन्। विजेताको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार योजना शुरु भएको ३ महिनासम्म मात्र लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्