महिन्द्रा गाडीको बिक्री कक्ष थपियो

0
Shares

अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सका आधिकारिक बिक्रेता गनापुर अटो वक्र्स सर्भिस सेन्टरले महिन्द्रा गाडीको लागि हालै स्पेयर पार्टस तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यसहित नेपालगन्जको गनापुरमा आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ।

स्पेयर पार्टस्, एक्सोसरिज एवं लुब्रिकेन्टहरू बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ र गनापुर अटो वक्र्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालले संयुक्त रूपमा गरेका थिए।

गनापुर, नेपालगन्जमा स्थापना गरिएको गनापुर अटो वक्र्स सर्भिस सेन्टरका बिक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुनेछ। साथै आगामी दिनमा कम्पनी एवं ग्राहकबीचको सम्बन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ।

Skip This