कृषि विकास बैंकले ऋणपत्र जारी गर्दै



कृषि विकास बैंकले २ अर्ब ५० करोड रकम बराबरको २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ। उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ।

‘एडीबीएल कृषि विकास बैंक, २०८३’ नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्