सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत



सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रतिअंकित तथा चुक्ता मूल्य हजार रुपियाँ कायम भएको २५ लाख थान १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ।

बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटलमार्फत् २५ लाख थान १०.२५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८३ खुल्ला बिक्री आह्वान गरेको थियो। यसरी सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गर्नु भएको थियो भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गर्नु भएको थियो।

सिद्धार्थ बैंकले हाल देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १८६ एटीएम र १५ सयभन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्