एनआईसी एसिया र सस्तो टिकेटस् प्रालिबीच सम्झौता



एनआईसी एसिया बैंक र सस्तो टिकेटस् प्रालिबीच बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकले हवाई टिकट तथा होटल बुक गरी भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले एनआईसी एसियाको मोबाइल बैकिङलगायत एनसीएच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ अनलाईनमार्फत् भुक्तानी गर्न सक्नुहुनेछ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीू र सस्तो टिकेटस् प्रालिका अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्