श्रम सम्बन्धमा सुधारको दाबी



नेपाल समाचारपत्र, काठमाडौं।

अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ सल्लाहकार संचिर टग्स्चीमेगको नेतृत्वमा आएको आइएलओ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसंँग भेटवार्ता गरेको छ।

सो अवसरमा महासंघका उपाध्यक्ष प्रधानले श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बन्दै गएको जानकारी गराउनुभयो। उहांँले महासंघ र आइएलओबीचको सम्बन्ध र सहकार्यका विषयमा पनि चर्चा गर्नुभयो।

नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन सफल रूपमा अगाडि बढीरहेको उल्लेख गर्दै उपाध्यक्ष प्रधानले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास, रोजगारी सृजना र उद्योग व्यवसायको प्रवद्र्धनका लागि सरकार र ट्रेड युनियनसँगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताउनुहुँदै आईएलओमार्फत थप कार्यक्रमका साथै सहयोगको आग्रह गर्नुभयो।

सो अवसरमा वरिष्ठ सल्लाहकार संचिर टग्स्चीमेगले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकासतर्फ भईरहेका प्रयासबारे जिज्ञासा राख्नुहँुदै निजी क्षेत्रले आफ्नोे भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयो।

साथै उहाँले रोजगारदाता संगठनले सदस्यको चाहना र आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरी आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिंदै आइएलओले महासंघसंग मिलेर सहकार्य गर्नेमा विश्वास दिलाउनु भयो।

प्रतिक्रिया दिनुहोस्