माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकभित्रै व्यावसायिक उत्पादन गर्ने



नेपाल समाचारपत्र, काठमाडौं।

माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकभित्र व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ। निर्माण शुरु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन शुरु गर्न लागेको हो।

आयोजनाले तीन महिना अघिदेखि परीक्षणको उत्पादन शुरु गरेको थियो। उत्पादन शुरु गरे पनि विभिन्न परीक्षणको काम बाँकी रहेकाले आयोजनाले ट्रेकिङ ओभर प्रमाण पत्र दिएको थिएन।

आयोजनाका अनुसार जम्मा लोड रिजेक्सन टेस्ट, टनेलको मनिटरिङ, इफिसेन्सी टेष्ट टनेलको मनिटरिङ इफिसेन्सीटेन्ट, हाइ भोल्टेज टेस्टलगायत टेस्ट सकिएको छ।

कार्तिकभित्र निर्माण निर्माण कम्पनीलाई प्रमाण–पत्र दिने तयारी रहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो। परीक्षण कार्य सकाएका छौ उहाँले भन्नुभयोे–‘परीक्षणको प्रतिवेदन आउन बाँकी छ।

प्रतिवेदन आएपछि अयोजना ठेकेदार र परामर्शदाता संयुुक्त रुपमा निरीक्षण गर्नेछन्। विद्युत गृहको उत्पादन शुरु भएसँगै उद्घाटनको लागि तयारीमा आयोजना जुटेको छ।

निरीक्षणको काम सकिएपछि आयोजनाले प्रमाण–पत्र प्रदान गर्ने छ। व्यावसायिक उत्पादन शुरु भएपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि हुन्छ।

६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् गत जेठ र दोस्रो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् साउन १७ गते राष्ट्रिय प्रणालीमा जोडिएको थियो।

आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिव आठ प्रतिशत योगदान रहने छ। दुवै युनिटबाट ३०—३० मेगावाट विद्युत् उत्पादन हुन्छ।

रसुवामा बँँध र नुवाकोटमा विद्युत् गृह रहेको आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको हो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो।

आयोजनाको निर्माण चाइना गेजुवा गु्रप अफ कम्पनीले गरेको हो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पुर्याएको थियो।

आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्