उड्डयन क्षेत्रको अध्ययन गर्न कार्यदल



नेपाल समाचारपत्र, काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रमा आएको विश्वव्यापी आयाम, दक्षिण एशियाली मुलुकमा रहेको व्यवस्थालाई अध्ययन गरी नेपालको हवाई नीति तर्जुमा गर्न कार्यदल गठन गरेको हो।

मन्त्रीस्तरीय निर्णयानुसार पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन, नेपाल वायु सेवा निगमका पूर्वउपप्रबन्धक राजु केसी, प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक संघका सुमन पाण्डे र वरिष्ठ विमानचालक क्याप्टन दधिराम निरौला सदस्य रहनुभएको छ।

कार्यलदको सदस्य सचिवमा पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महशाखा प्रमुख सहसचिव सुरेश आचार्य रहनुभएको छ।कार्यदललाई ६० दिनभित्र हवाई नीतिको मस्यौदा तयार गरी मन्त्रालयसमक्ष पेस गर्ने समयावधि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्