टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल टेलिकमले २०७६ कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महशुल घटाएको छ। पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने छ।

यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रतिएमबीपीएस ४ हजार २ सय रुपियाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महशुल दर प्रतिएमबीपीएस २ हजार ५ सय रुपियाँ मात्र कायम गरिएको छ।

त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रतिएमबीपीएस ४ हजार रुपियाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपियाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १ सय रुपियाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्