८ ब्रोकर कम्पनीले गरे मार्जिन कारोबार अनुमतिपत्र नवीकरण



नेपाल समाचारपत्र, काठमाडौं। मार्जिन कारोबारकालागि ८ ब्रोकरकम्पनीले मात्रै अनुमतिपत्र नवीकरण गरेका छन्। हालसम्म ८ कम्पनीले मात्रै मार्जिन कारोबारका लागि अनुमतिपत्र नवीकरण गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

नेप्सेका अनुसार गत वर्ष २१ कम्पनीले मार्जिन कारोबारको लागि अनुमति लिएका थिए। तर १३ कम्पनीले भने अहिलेसम्म उक्त अनुमती पत्र नविकरण गरेका छैनन्।

अनुमतीपत्र नविकरण गर्ने ब्रोकर कम्पनीमा क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्यूरिटीज, भिजन सेक्युरिटिज कम्पनी, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेको नेप्सेले
जनाएको छ।

प्रतिक्रिया दिनुहोस्