पल्सर एनएस २०० अब एबीएसमा



बजाज मोटरसाइकलहरूको अधिकृत वितरक हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ ब्रेकिङ सिस्टम (एबीएस) सहित सार्वजनिक गरेको छ। जसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपियाँ रहेको छ।

एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ। कम्पनीका अनुसार, एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ दूरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालीन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ।

सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना समेत एबीएसले कम गर्ने र बाइकको स्थिरता बढाउने कम्पनीले जनाएको छ। यसले दुर्घटना हुने जोखिम पनि कम गर्ने कम्पनीले दाबी गरेकोछ।

प्रतिक्रिया दिनुहोस्