एभरेष्ट बैंकले २५औं स्थापना दिवस मनायो



एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गरेको छ।

बैंकले रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच गरेको थियो। स हजारभन्दा बढी मानिसको उपस्थिति रहेको उक्त कार्यक्रममा करिबसय जनाले रक्तदान गरेका थिए। सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीलाई सम्मानित गरेको छ।

यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखामा पनि पुराना ग्राहकहरूलाई सम्मान गर्दै केक काटेर २५औं वार्षिकउत्सव मनाइएको छ। ९४ शाखा, ३० राजस्व संकलन केन्द्र, १२२ एटीएमलगायतको सञ्जाल रहेको छ।

प्रतिक्रिया दिनुहोस्