सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ



सिटिजन्स बैंक इन्टरनेसनलको ३१६औं बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

करिब २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठ बैंकले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध हुनुहुन्थ्यो।हाल उहाँ बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८४ वटा शाखा, ७९ वटा एटीएम. र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्