सन्राइज बैंकले ऋणपत्र जारी गर्ने



सन्राइज बैंकले हजार रुपियाँ अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी ३ अर्ब रकम बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ।

स्वीकृत ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपियाँ मात्रै को ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने तथा एक अर्ब ८० करोड रुपियाँ मात्र ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ।

सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जा समेत लिन सकिनेछ।

यस ऋणपत्रलाई क्ेयर रेटिङ नेपालले न्युन कर्जा जोखिम जनाउने केयर एनपी–ए रेटिङ प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन् छ।

प्रतिक्रिया दिनुहोस्