नेपाल टेलिकमको डाटा रोमिङ प्याक सञ्चालन



नेपाल टेलिकमले कात्तिक १ गतेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ। डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन्।

दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी १ सय २५ रुपियाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ।

यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपियाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपियाँमा १ जीबी डाटा उपलब्ध गराइएको छ।

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ। प्रिपेड ग्राहकले आफ्नो मोबाइलबाट स्ट्रिक १४१५ ह्यास डायल गरी वा मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नुहुनेछ। पोष्टपेड मोबाइल ग्राहकहरूले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्