कोकाकोलाको ग्राउन्ड एक्टिभेसन उपत्यकामा जारी



‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानको चौंथो संस्करणको ग्राउन्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी रहेको छ।

एक्टिभेसनको क्रममा कोक प्रेमीले ५०० एमएलको कोक बोटलमा प्रर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर प्रियजनसँग आफ्नो भावना व्यक्त गरेको हामीले अवलोकन गर्ने अवसर पाएका थिए।

अन्य थप एक्टिभेसनका स्थान र मिति २१ अक्टोबर भाटभटेनी सुपरमार्केट बौद्ध, २२ अक्टोबर भाटभटेनी सुपरमार्केट अनामनगर, २३ अक्टोबर भाटभटेनी सुपरमार्केट बालाजु, २४ अक्टोबर भाटभटेनी सुपरमार्केट कोटेश्वर र २५ अक्टोबरमा सेल्सबेरी चक्रपथ रहेको छ।

एक्टिभेसनमा अझ बढि रौनक थप्न लोकप्रिय  अभिनेत्री आचल शर्माले २२, २३ र २४ अक्टोबरमा एक्टिभेसन हुने स्थानहरूमा भ्रमण गर्दैछिन्।

त्यसबाहेक, कोका–कोलाको ब्राण्ड एम्बेसेडर प्रियंका कार्की पनि २५ अक्टोुबरमा सेल्सबेरी चक्रपथमा हुने एक्टिभेसनमा जाने छिन्।

प्रतिक्रिया दिनुहोस्