राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’ सम्पन्न



राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोबाइल बैंकिङ महामेला सम्पन्न भएको छ। बैंकले आइतबार एक समारोहका बीच महामेलाका विजेतलाई सम्मान गर्दै मेला सम्पन्न गरेको हो।
समारोहमा मेलाका पाँच जना विजयीलाई पुरस्कार प्रदान समेत गरिएको थियो।

गत भदौ १८ गतेदेखि असोज ३० गतेसम्म एफवान सफ्टको सहकार्यमा बैंकले सञ्चालन गरेको महामेलामा करिब ७३ हजार कारोबारबाट विजेता छनोट भएका थिए।

महामेलाका विजेता कैलाश सुवालले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउनुभएको छ भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा,हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गर्नुभएको छ।

विजयीहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाखभन्दा बढी मोबाइल बैंकिङका ग्राहक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्