नेपाल–भारतबीच व्यापार ढुवानी लागत घटाउनुपर्नेमा जोड



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भारतबीचको व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बर बीच सहकार्य गराउनुपर्ने, व्यापार मेला÷प्रर्दशनीमा सहभागिता जनाउनुपर्ने आग्रह गर्नुभएको छ।

भारत भ्रमणको अवसरमा नयाँदिल्लीस्थित पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

कार्यक्रममा दुई मुलुकबीच प्रावधिक सीप एवम् दक्षताको आदान प्रदान हुनुपर्नेमा जोड दिँदै यसबाट लगानी अभिवृद्धि भई ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो।

साथै पर्यटन प्रवद्र्धनको सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट उल्लेख्य पर्यटक आउने अपेक्षा रहेको, कृषि क्षेत्र हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरू रहेको बताउनुभयो।

नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्वराजदूत तथा इन्डिया नेपाल सेन्टर, पीएचडीका अध्यक्ष केभी राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एवम् आर्थिक क्रियाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पुर्याउने बताउनुभयो।

साथै उहाँले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सहसंयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनमा थप तीब्रता आउने आशा एवम् विश्वास राख्नुभयो।

उक्त अवसरमा पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा. डीके अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि सास्कृतिक, आर्थिक एवम् व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था तयार रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत पुरीले दुवै देशबीच आर्थिक एवम् व्यापारिक सम्बन्ध लगानी अभिवृद्धि एवम् पर्यटन प्रवद्र्धनमा आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्