सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटल हिमालयमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण स्वीकृत भएको छ।

त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको रिक्त पदमा दीप प्रकाश पाण्डे निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारणहरूको लागि७५ करोडको शेयर सार्वजनिक निष्काशन समेत गर्ने निर्णय समेत पारित गरेको छ

 

Skip This