जगदम्बा मोटर्सको टीभीएस सुपर एक्सेन्ज फाइनान्स फेयर



नेपालको लागि टीभीएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर को आयोजना गरेको छ। कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने यो मेलाको प्रमुख आकर्षण नै ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टको फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार मूल्यांकन जस्ता अफर रहने छन्।

मेलाको अन्य आकर्षणमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहार हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन्।कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टीभीएसको नयँँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टीभीएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन्। 

योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो –हामीले यतिखेर ग्राहकमाझ टीभीएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरूको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ।

यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं। यो फेयरले ग्राहकहरूलाई टीभीएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ।’ग्राहकले टीभीएस दशैंको दौड योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन्। साथमा अन्य आकर्षक उपहारहरू पनि यस योजनामा प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्