१२ अंकले नेप्सेमा गिरावट



नेपाल समाचारपत्र, काठमाडौं।दशैं बिदापछि खुलेको शेयर बजार गिरावट हुँदै गएको। दशैंपछि पहिलोपटक बिहीबार खुलेको शेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले गिरावट आएको थियो। तर, साताको पहिलो कारोबार दिन सोमबार भने दोहोरो अंकले घटेर बन्द भएको छ।

सोमबार नेप्से १२ दशमलव शून्य ५ अंकले घटेर ११३६ दशमलव ९६ बिन्दुमा झरेको छ। सोमबार कुल १५४ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २१ करोड ८६ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ। कारोबार रकम पनि सामान्यभन्दा निक्कै कम हो।यस दिन कारोबारमा आएका समूहमध्ये सामूहिक लगानी कोष समूहबाहेक सबै समूहमा गिरावट आएको छ।

यस दिन सामूहिक लगानी कोष शून्य दशमलव शून्य ५ अंकले बढ्दा बैंकिङ समूह १३ दशमलव ४५, व्यापार समूह २ दशमलव २८, होटल समूह ५३ दशमलव ६६, विकास बैंक समूह ११ दशमलव ४३, जलविद्युत् समूह ९ दशमलव शून्य ७, वित्त समूह ६ दशमलव ३, निर्जीवन बीमा ४९ दशमलव ५३, उत्पादन १ दशमलव ५२, अन्य समूह २ दशमलव २१, लघुवित्त समूह १३ दशमलव ८५ र जीवन बीमा समूह ३७ दशमलव १ अंकले घटेको छ।

यस दिन प्रभु बैंकको कारोबार उच्च भएको छ। प्रभु बैंकको दुई करोड ६५ लाख रुपियाँको शेयर कारोबार भएको छ। यस्तै, सिद्धार्थ बैंकको दुई करोड ६४ लाख, नबिल बैंकको एक करोड २६ लाख रुपियाँको कारोवार भएको छ। सोमबारको कारोबारबाट राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यस कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ। त्यस्तै सिनर्जी पावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ। सोमबार सेन्सेटिभ परिसूचक २ दशमलव ७६ अंकले घटेर २४९ दशमलव १७ बिन्दुमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्