चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा,दर्जनभन्दा बढी विषयमा सम्झौता आज



/fi6Çklt ;LnfO{ /fi6Çklt e08f/LŒf/f :jfut sf7df8f}F, @% c;f]h -/f;;_ rLgsf /fi6Çklt ;L lrglkm»nfO{ zlgaf/ lqe’jg cGt//fli6Ço ljdfg:yndf :jfut ug'{x’Fb} /fi6Çklt ljBfb]jL e08f/L . /fi6Çklt e08f/Lsf] lgdGq0ffdf /fi6Çklt ;L b’O{ lbg] g]kfnsf] /fhsLo e|d0fdf cfpg’ePsf] xf] . t:jL/ M /Tg >]i7

सुनील महर्जन, काठमाडौं।चीनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार साँझ आइपुग्नुभएको छ। राष्ट्रपति स्तरमा भएको यस भ्रमण २३ वर्षपछि भएकाले यसलाई बहुप्रतीक्षित भ्रमणका रूपमा सरकारले लिएको छ।राष्ट्रपति सीको यस भ्रमणले चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको विश्लेषकहरूले अथ्र्याएका छन्।

एसियाका दुई ठूला राष्ट्र भारत र चीनबीच नेपाल रहेको छ। ती दुवै देश नेपालको सबैभन्दा नजिकको छिमेकी देश हुन्। दुवै देशको सीमा नेपालसँग जोडिएको छ। विश्वको महाशक्तितिर अघि बढिरहेको चीन छिमेकी देशहरूले यस दिशामा साथ र सहयोग दिऊन् भन्ने चाहन्छ।

‘यस्तो अवस्थामा नेपालको भूअवस्थितिको महत्व निकै बढेको छ। राष्ट्रपति सीको भ्रमणलाई यसै परिप्रेक्ष्यमा लिनुपर्दछ’, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रपति सीको भ्रमणबाट चीनका लागि नेपाल निकै महत्वपूर्ण रहेको छ भन्ने सन्देश दिन खोजेको छ।’

भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट राष्ट्रपति सी काठमाडौं आउनुभएको हो। राष्ट्रपति सी नेपाल आउनु चीन दक्षिण एसियाका राष्ट्रहरूलाई उच्च महत्व दिएको सूचक रहेको पनि पूर्वराजदूतसमेत रहनुभएका श्रेष्ठको भनाइ रहेको छ।

भारत भ्रमणमा निस्किनुअघि सीले पाकिस्तानका प्रधानमन्त्रीलाई भेट्नुभएको थियो। यी सबै घटनाक्रमले चीनले दक्षिण एसियाका देशलाई विशेष स्थान दिएको रूपमा बुझ्न सकिने बताउँदै श्रेष्ठले भन्नुभयो– ‘२१ औं शताब्दीको विश्व दक्षिण एसियाको हो भनेर चीनले सन्देश दिएको छ।’

चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीसँगको भेटमा राष्ट्रपति सीले मतभेदलाई विवाद वा झगडामा परिणत गर्न नहुने अभिव्यक्ति दिनुभएको थियो।

राष्ट्रपति सीले दिनुभएको यस अभिव्यक्ति भारतको साथ, सहयोग लिएर अघि बढ्न चाहेको नेपालका भारतका पूर्वराजदूत लोकराज बरालको भनाइ छ।

छिमेकी राष्ट्र चीन भारतसँग तनाव कम गर्दै आफ्नो लक्ष्यमा अघि बढ्न चाहेको बेला यो भ्रमण नेपालका लागि पनि दीर्घकालीन महत्वको रहेको छ।

भारतसँगको चीनको सम्बन्धले पनि नेपालमा धेरै प्रभाव पार्नेछ। भारतसँग राम्रो बनाई चीन नेपालसँगको आफ्नो पुरानो मित्रतालाई निरन्तरता बलियो बनाउने सन्दर्भ यस भ्रमणलाई लिनुपर्ने पूर्वराजदूत बरालले बताउनुभयो।

‘चीन नेपालको पुरानो मित्र हो। पञ्चायतकालमा उच्चस्तरीय तहमा यस्तो भेटघाट बाक्लै हुने गर्दथ्यो। नेपालप्रति सद्भाव राखेर नै राष्ट्रपति तहमा यो भ्रमण भएको हो’ –पूर्वराजदूत बरालले भन्नुभयो।

अहिले चीनले आफ्नो आर्थिक एवं सामरिक महत्वाकांक्षालाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का रूपमा सूत्रबद्ध गरेको छ।

बीआरआईको एउटा सदस्य नेपाल पनि हो। यस पृष्ठभूमिमा भएको भ्रमणले चीनको पुरानो चासो एक चीन नीतिको दृढतापूर्वक कार्यान्वयसँगै चीन र नेपालको ‘कनेक्टिभिटी’ वा हिमालय वरिपरिको कनेक्टिभिटीलाई कार्यान्वयन गरेर लाभान्वित बनाउन चीनले इच्छा व्यक्त गर्दै आएको चीनबारे जानकार डा. सर्वोत्तम श्रेष्ठले बताउनुभयो।

‘चीन नेपालमा रेल मार्ग जोड्न चाहेको छ। त्यसको अन्तिम गन्तव्य भारत हो। यस विषयमा भारतरसँग सहमति निर्माण गर्ने प्रयास चीनबाट भइरहेको छ’, डा. श्रेष्ठले भन्नुभयो– ‘बीआरआईले आफूसँग सम्बन्धित देशहरूमा विभिन्न माध्यमद्वारा विकासका लागि नयाँ अवसर प्रदान गरेको छ। यसबाट नेपाल लाभान्वित होऔं भनेर चीनले भनेको छ।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सीले कजाखस्तान र इन्डोनेसियामा पहिलोपटक ‘एक प्रदेश’ र ‘एक मार्ग’ को प्रस्तावना प्रस्तुत गर्नुभएको थियो। त्यति बेला उहाँले ‘एक प्रदेश’ अन्तर्गत मध्यएसियाका ८–१० देशहरू र ‘एक मार्ग’ अन्तर्गत दक्षिण पूर्व एसियाका १०–१२ देश मात्र समेटिने विचार व्यक्त गर्नुभएको थियो।

तर पछि चीन सरकारको विभिन्न प्रयासद्वारा बीआरआई विश्वव्यापी बन्दै गयो। अहिले बीआरआई प्रस्तावनामा सहकार्य गर्ने सहमत भई हस्ताक्षर गर्ने देशहरूको संख्या १ सय १३ पुगिसकेको छ।

बीआरआईको परियोजनामा रेलमार्ग, राजमार्ग, बन्दरगाह पुल निर्माण, पेट्रोलियम तथा प्राकृतिक ग्याँसका पाइपलाइन बिछ्याउने कार्य, थर्मल प्लान्टको स्थापना, औद्योगिक क्षेत्रको स्थापना, सिँचाइ, जलविद्युत् उत्पादन आदि पर्दछन्। चीन सरकारले स्पष्ट रूपमा ‘बीआरआई’ परियोजना भनेको विशाल परियोजना अहिलेसम्म १२ वटा छन्।

ती परियोजनामा चिनियाँ सहयोगको अफगानिस्तानको मध्य भागको १ सय ४२ किलोमिटर लामो राजमार्ग, तेहरान रेलगाडी डिब्बा निर्माण, पाकिस्तानको ग्वादर बन्दरगाह निर्माण, अफगानिस्तानको परबान प्रान्तको सिँचाइ, सुडानको जलविद्युत् परियोजनाको मेरोवे बाँध परियोजना, कजाखस्तानको मध्य एसिया प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउने रहेका छन्।

त्यसै गरी श्रीलंकाको दक्षिण एसियाको सबैभन्दा ठूलो बन्दरगाह हाम्बान्टोटा बन्दरगाह, इरान तेहरानको मेट्रो ट्रेन निर्माण, बाङ्लादेशमा चिनियाँ पेट्र«ोलद्वारा सञ्चालित रेल तथा त्यसको नियन्त्रण सिस्टम निर्यात, चिनियाँ सहयोगको कम्पुचिया ६२ नम्बर राजमार्गको मर्मत र स्तरोन्नति, म्यानमारको बाग्रो प्रान्तको स्वेगीन जलविद्युत् स्टेसन निर्माण परियोजना, लाओस नान्ऊ नदीको नान्खाङ ३ जलविद्युत् परियोजना त्यसमा पर्दछ।

डा श्रेष्ठले भन्नुभयो– ‘बीआरआईको प्रस्तुति केवल आर्थिक सहकार्य सहयोगका लागि नभई प्राविधिक तथा व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदानका लागि पनि हो।

बीआरआइ प्रस्तुत हुनु अघिदेखि नै चीनको विकासबाट छिमेकी मुलुकहरूले फाइदा उठाउन सकून् भनी चीनले भन्दै आएको छ।’ अहिलेसम्म नेपालले के कस्तो फाइदा लिन सक्यो र किन लिन सकेन भनेर समीक्षा गर्न पनि भ्रमण महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

राष्ट्रपति सीको भ्रमणले नेपालले पूर्वाधार विकासमा लाभ लिन सक्ने माहोल बनेको चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केले बताउनुभयो।

नेपालको विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएकाले सीको नेपाल भ्रमण दूरगामी महत्वको रहेको पनि पूर्वराजदूत मास्केको भनाइ रहेको छ।करिब २० घण्टाको नेपाल बसाइपछि राष्ट्रपति सी आज आइतबार दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्