सन्राइज क्यापिटलको लाभांश पारित



सन्राइज क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभासम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आव २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवम् नगद प्रवाह, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्