नक्सालमा सुजुकीको शोरुम



काठमाडौैं, (नेस)। सिजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सिजी होल्डिङ्स तथा सुजुकी फोर हुवीलर्स नेपालले काठमाडैंको नक्सालमा आधिकारिक शोरुमको शुरूवात गरेको छ।

उक्त शोरुमको उद्घाटन सुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो, तथा सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीले गर्नु भएको थियो।

हालै सञ्चालनमा ल्याइएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ। यस शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ।

अन्तर्राष्ट्रिय सुजुकी ब्रान्डको निर्देशनअनुरूप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावतगर्न, अवलोकन गर्न सकिन्छ।

‘ग्राहक एवं कम्पनीबीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्यसहित शुभारम्भ गरिएएको यो सुजुकीको ३७औं आउटलेट हो। यहाँबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिन्छ।

ग्राहक वर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान हुन्छ।’ सिजी मोटोकर्पका विजिनेस शाखा प्रमुख सिरज पन्तले बताउनुभयो।

डल्लूमा सर्भिस सेन्टर

सिजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सिजि होल्डिङ्स तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुरू गरेको छ।

उक्त शोरुमको उद्घाटन सुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो, तथा सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीले गर्नु भएको थियो।

उक्त सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ। यस सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ। यहाँ ११ वटा क्षेत्र रहेका छन्।

जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन्। सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको छ।

बिक्री पछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको छ, जसले ग्राहकलाई सर्भिसिङको जानकारी प्रदान गरी ं पोस्ट सर्भिस क्वालिटी चेक समेत गर्ने गर्दछ।

सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ। ‘ग्राहकको सन्तुष्टिलाई नै प्रमुख सेवाको रूपमा लिइएको हुँदा हामीले सुजुकी गाडीको गुणस्तरीय सर्भिसिङको लागि लगानी गरेका छौं।

हामीले ७० किलोमिटर अर्धव्यासमा सर्भिस टच प्वाइन्टको स्थापना गर्ने उद्देश्य सहित डल्लुमा सर्भिस सेन्टर स्थापना गरिएको हो।’ श्याम श्रेष्ठ बिजिनेश युनिट प्रमुखले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्