अब एक हजारको नोटमा जुम्ल्याहा हात्ती



न्युज अफ नेपाल, काठमाडौं ।

अब एक हजारको नोटमा जुम्ल्याहा हात्ती हुने भएका छन्।
एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको जानकारी दिए।

सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको सिवाकोटीले बताए।

‘टेन्डरको जिम्मा चिनियाँ कम्पनीले पाइसकेको छ, अब ३र४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुनेछ,’ उनले भने।

नो छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने गरेको उनले बताए।

अर्को दसैंमा जुम्ल्याहा हात्ती भएको नोट प्रचलनमा आउन सक्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्