एनसेलद्वारा प्रिपेड ग्राहकका लागि नयाँ योजना



नेपाल समाचारपत्र, काठमाडौं । एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ। जसअन्र्तत ग्राहकले असोज १ गतेदेखि लागू हुने गरी प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लान ल्याएको छ।

यस बाहेक यी प्लानअन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि सुलभ दरमा लिन सक्नेछन्।

यो योजनाको प्रमुख विषेशता प्रत्येक प्लानमा बन्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो।

ग्राकहले कर सहित २५४.१० रुपियाँमा १ जिबी डेटा भोल्युम र करसहित मात्र १.२८ प्रतिमिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन्।

डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा लिन सक्नेछन्।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १.१५ रुपियाँ प्रतिमिनेट अन नेट भ्वाइस सेवा ३८१.७९ मा सुचारु गर्न सक्नेछन्। साथै डेटा भोल्युम समय सिमा अगाडिनै सकिएमा ग्राहकले मात्र १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन्।

यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन्। ग्राहकले रु ६३७.१७ मा प्लान ४९९ लिन सक्छन्।

यो प्लानमा मात्र रु १.०२ प्रतिमिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ। डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जीबी डेटाको प्याक रु १९१.५४ मा खरिद गर्न सक्नेछन्।

त्यस्तै प्लान ७९९ अन्तर्गत १०२० दशमलव २४ मा १५ जिबीका साथै ८९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सकिन्छ।

प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३८३.०७ मा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन्।

एनसेलले प्लान ९९९ अन्तर्गत ग्राहकले रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्।

डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र रु ५१०.७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन्।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरूकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ। कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित रु ०.६४ मा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सक्नेछन्। त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ।

ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन्। यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरू खरिद गर्न ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्लान अनुसारको डेटा लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्