फर्निचर एक्स्पो आइतबार सकिँदै



काठमाडौं, (नेस)।राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन्।

बुधबारदेखि शुरू भएको एक्स्पोमा शुरूदेखि नै अवलोकनकर्ताको भिड लागेको छ। एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्।

‘शुक्रबारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। शनिबार मात्र २४ हजारले अवलोकन गरेका छन्। आइतबारसम्ममा ८० हजार बढीले मेला अवलोकन गर्ने अवस्था देखिएको छ।‘ इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भन्नुभयो।

फर्नेक्स २०१९ का संयोकज मनीष अग्रवालले शनिबार अवलोकनकर्ताको बाक्लो उपस्थितिका साथै रक्तदाताको सक्रिय सहभागिताले आफूहरु उत्साहित बनेको बताउनुभयो।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको छ।

एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्सा कार्पेट र हलेसी डेकोर रहेका छन्। एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ।किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण छ।

 

प्रतिक्रिया दिनुहोस्