सटिजन्स बैंकद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण



सिटिजन्स बैंक इन्टरनेसनलले महानगरीय प्रहरी परिसर, ललितपुरलाई तीन थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय — प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाइकल प्रदान गरेको हो।

ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीले समय सापेक्ष जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोटरसाइकल हस्तान्तरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्