शेयर बजारमा निरन्तर गिरावट



नेपाल समाचारपत्र, काठमाडौं।साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार मापक नेप्से ओरालो लागेको छ।

आइतबार र सोमबार पनि ओरालो लागेको नेप्से मंगलबार पनि ओरालो लागेको थियो।
२ दशमलव २४ अंकले ओरालो लागेर नेप्से ११६६ दशमलव ६७ अंकमा आइपुगेको छ।

सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको उपसूचक २६ दशमलव २१ अंक र ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको उपसूचक १ दशमलव ७५ अंकले घटेको छ।

होटल समूहको उपसूचक २८ दशमलव ८७ अंक, विकास बैंक समूहको उपसूचक २ दशमलव शूनय ६ अंक, निर्जीवन बीमा कम्पनी समूहको उपसूचक २२ दशमलव ८२ अंक र म्यूचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव शून्य ५ अंकले बढेको छ भने अरू सबै समूहको उपसूचक घट्न पुगे।

उक्त दिन २३ करोड ७९ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ। उक्त दिन कुमारी बैंकको शेयर सबैभन्दा बढी १ करोड २५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्