राष्ट्र बैंक सबै बैंकका सीईओलाई बोलायो



नेपाल समाचारपत्र, काठमाडौं। नेपाल राष्ट्र बैंकले २८ वटै बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग सोमबार छलफल गर्दैछ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले एटीएम ह्याकिङ प्रकरणलगायत समसामयिक विषयमा छलफल केन्द्रित हुने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यससँगै नेपालमा भएको एटीएम ह्याकिंङको अध्ययन गर्न आएको विज्ञ टोली आइतबार स्वदेश फर्किएको छ। गत बुधबार राति सिंगापुरबाट आएको फरेन्सिक टोली आइतबार स्वदेश फर्किएको हो। नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहमा उक्त टोली नेपाल आएको थियो।

प्रवक्ता निरौलाका अनुसार, सिंगापुर फर्केर आवश्यक प्रक्रिया पूरा गरी टोलीले प्रारम्भिक प्रतिवेदन अनलाइनमार्फत नै बुझाउने भएपछि राष्ट्र बैंकले सोमबार २८ वटै वाणिज्य बैंकका सीईओहरूसँग छलफल गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्