मुक्तिनाथ विकास बैंकमा ई–सेवा



मुक्तिनाथविकास बैंक ईसेवा बीच बैंकको खाता ईसेवा मार्फत खोल्न मिल्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार ई सेवाले नियुक्त गरेका एजेन्ट/प्रतिनिधिहरू मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिने छ।

यस अन्तर्गत खोलिएका सबै बचत खाताहरूमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ सेवा निशुल्क उपलब्ध हुनेछ। यस सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ तथा ई सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्