सांस्कृतिक पर्यटकीय नगरी बनाउने कीर्तिपुर नपाको तयारी



नेपाल समाचारपत्र,काठमाडौं।संस्कृति संरक्षणलाई पर्यटकीय प्रर्वद्धनसंग जोडेर कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पर्यटकीय नगरी बनाउन गृहकार्य अघि बढाइएको छ।कीर्तिपुर नगरपालिका उपत्यकाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको भन्दै त्यसलाई मूर्तरुप दिन नगरपालिकाले गृहकार्य अघि बढाएको हो।

दुई वर्षदेखि योजनाबद्ध प्रयास गर्र्दै आएको सन्र्दभमा नगरपालिकाले नेपाल पर्यटन बोर्डसंग मिलेर पर्यटक प्रर्वद्धन गर्ने विषयमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ।

‘कीर्तिपुरमा कृषियोग्य जमिनको लगातार खण्डिकरण भइरहेकोले कृषि उद्योग सम्भावना घट्दै गएको छ। कलकारखाना र उद्योग खोल्न सकिने अवस्था छैन।

कीर्तिपुरको सामथ्र्य भनेको पर्यटन उद्योग हो।त्यसमाथि विशेषतः सांस्कृतिक पर्यटन हो।’ नगरपालिकाका प्रमुख रमेश महर्जनले अन्र्तक्रिया कार्यक्रममा भन्नुभयो। ‘नगरमा रोमाञ्चकारी पर्यटनको पनि सम्भावना छ। तर अहिले सांस्कृतिक पर्यटनलाई प्रँथमिकता राखेर अघि बढ्ने छौं।’ उहाँले भन्नुभयो।

नगरको मुख्य पहिचान, विशेषता, मौलिकता बारे बृहत छलफल गरेर ब्राण्डिङगर्नेतर्फ हामी लागिरहेको पनि उहाँले बताउनुभयो।सो अवसरमा कीर्तिपुरको पर्यटकीय ब्राण्ड निर्माण गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र नगरपालिका बीच भएको सहमतिपत्रमा प्रमुख महर्जन र बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले हस्ताक्षर गर्नुभएको थियो।

सो अवसरमा आउटरिच नेपालका श्रद्धा श्रेष्ठ, उजेन शाक्य लगायतले पर्यटन बजारका लागि ब्राण्ड के हो र किन आवश्यक छ भन्ने प्रस्तुत गर्नुभयो।पर्यटकहरूलाई कीर्तिपुर चिनाउने ब्राण्ड निर्माण गर्न विभिन्न ७ चरणमा छलफल र अन्तक्र्रिया गरी बढीमा ६ महिनाभित्र तयार गरिने उजेन शाक्यले बताउनुभयो।

सो अवसरमा डा. टेकबहादुर श्रेष्ठले कीर्तिपुरको इतिहास, संस्कृति र सम्पदाको अवस्था बारे प्रस्तुत गर्दै पर्यटक प्रर्वद्धनका लागि थुप्रै ऐतिहासिक विषय,सम्पदा र संस्कृति रहेको धारणा राख्नुभयो।कीर्तिपुरको पर्यटकीय ब्राण्ड पहिचानका लागि आयोजना गरिएको कार्यशालामा उपप्रमुख सरस्वती रिजाल खड्काको पनि उपस्थिति रहेको थियो।

सो अवसरमा विगत एक वर्षदेखि कीर्तिपुरको पर्यटन प्रबद्र्धनका लागि कार्यरत अष्ट्रेलियन स्वयंसेवी नाएरी ब्लाकेट्टलाई नगरपालिकाको तर्फबाट औपचारिक विदाई पनि गरिएको थियो सो कार्यक्रममा नगरका विभिन्न होमस्टे सञ्चालक, पर्यटन उद्योगी, इतिहासविद्, पथप्रदर्शक सांस्कृतिककर्मी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

सहभागीहरूले ठमेल घुम्न आउने पर्यटकहरूलाई कीर्तिपुरमा तान्ने, सके एक दिन राख्न विविध कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्