भारतको चन्द्र अभियान-चन्द्रयानबाट विक्रम ल्यान्डर सफलतापूर्वक अलग्गिए



बेंगलुरु, (एजेन्सी)। भारतको महत्वाकांक्षी चन्द्र अभियान चन्द्रयान–२बाट सफलतापूर्वक अलग्गिएपछि विक्रम ल्यान्ड र चन्द्रमामा अवतरणका लागि अगाडि बढेको छ।
विक्रम ल्यान्डर सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिण ध्रुवमा ‘सफ्ट ल्यान्डिङ ‘ अर्थात सुरक्षित अवतरण गर्नेछ।
त्यसको ४ घन्टापछि उक्त ल्यान्डरबाट रोवर ‘प्रज्ञान‘ बाहिर आउनेछ। यस रोवरले १४ दिनमा कुल ५ सय मिटरको दुरी तय गर्नेछ। अवतरणका क्रममा विक्रम ल्यान्डरले चन्द्र सतह छोएलगत्तै पृथ्वीमा रहेका वैज्ञानिकहरूलाई चन्द्रमाबाट पृथ्वीको वास्तविक दूरी थाहा हुनेछ, जुन अहिलेसम्म यकिन हुन नसकेको अवस्था हो।

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चन्द्रयान–२ सँगै आफ्नो एक लुनार लेजर रेट्रोरिप्mलेक्टर एरे पठाएको छ। यसले नै वैज्ञानिकलाई चन्द्रमाको पृथ्वीसँगको वास्तविक दूरी बताउने छ। नासाका एक वरिष्ठ अधिकारी लोरी ग्लेजले चन्द्रमाको सतहमा रेट्रोरिफ्लेक्टर एरे पठाएको जानकारी दिए। यो एक प्रकारको परिष्कृत सिसा हो, जसले पृथ्वीबाट पठाएको लेजर लाइटको सिग्नललाई फिर्ता पठाउनेछ।

वैज्ञानिकहरूका अनुसार लेजर किरण पृथ्वीमा फिर्ता हुनुबाट ल्यान्डको वास्तविक स्थान पनि थाहा हुनेछ। यसले पृथ्वीबाट चन्द्रमाको वास्तविक दूरीको सटिक आंकलन गर्न सकिनेछ। चन्द्रमाको सतहमा यस प्रकारका ५ उपकरण पहिलेदेखिनै रहेका छन्। तर तिनीहरूमा केही खराबी छन्। त्यसैले चन्द्रमाको वास्तविक दूरी थाहा हुन सकेको छैन।
त्यसैगरी प्रज्ञान रोवरले चन्द्रमाको सतहमा यात्रा गर्दा जमिनको उचाइका बारेमा पनि जानकारी दिनेछ। सन् १९६९ जुलाइ २१ मा चन्द्रमाको सतहमा पहिलो पटक मानव अवतरणका क्रममा अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रंगले अपोलो–११ को माध्यमबाट पहिलो मानव पाइला टेकेका थिए।

उनले चन्द्र सतहमा लेजर रेट्रोरिप्mलेक्टर छोडेका थिए। उक्त लेजर रेट्रोरिरिरिफ्लेक्टरमा पृथ्वीतर्फ फर्काएर दुई फुट चौडाइ प्यानलमा १ सय टुक्रा सिसा लगाइएको थियो। करिब ५० वर्षपछि पनि यो रेट्रोरिफ्लेक्टरले अझै काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्