यामाहा महा–एक्सेञ्ज मेला



नेपाल समाचारपत्र, काठमाडौं । यामाहा महा–एक्सेञ्ज मेलाको उद्घाटन हिमाशुं सान र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको छ। मोरँग अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहोर्याएको छ, यामाहाको नयाँ मोडलमा अधिक मात्रामा आकर्षण देखिएको छ।

मोरँग अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भी ३ र एमटी १५ लाई प्रस्तुत गरेको छ। यी दुवै बाइकमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआइ रहेका छन्। यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर दिएर बजार मूल्यांकनको सबैभन्दा उच्च २० हजार रुपियाँ अतिरिक्त ग्यारेन्टी मूल्यका साथ नयाँ ब्रान्डको यामाहामा आफ्नो स्तरोन्नति गर्न पाउनु हो।

६ दिनसम्म चल्ने यो मेला भदौ १४ गतेदेखि १९ भदौसम्म राष्ट्रिय सभा गृह भवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकलाई आश्चर्यचकित बनाउने कारोबार उपलब्ध हुनेछ जस्तै एक लाख रुपियाँसम्मको नगद छुट, सामग्री सित्तैमा, स्थलगत फाइनान्स सुविधा र टेस्ट राइडमा आकर्षक उपहार रहेका छन्।

महा–एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धा, डोर प्राइज र फूड स्टल पनि विशेष आकर्षण रहेका छन्। एक्सेञ्ज कारोबारका अलावा महा–एक्सेञ्ज मेलामा आउनु हुने ग्राहकहरूले सबै ब्राण्डका मोटरसाइकलहरूका लागि अन्य निशुल्क सुविधाहरू जस्तैः सित्तैंमा बाइक धुने, निशुल्क परीक्षण क्याम्प सेवा पनि प्राप्त गर्नु हुनेछ। अब नयाँ बाइक र दशैं अफरको साथमा यो एक्सेन्जले बाइकका सौखिनलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्