पहाडमा मूल्यवृद्धि उच्च



नेपाल समाचारपत्र, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा उपभोक्ता मुद्रास्फीति पहाडमा ५ प्रतिशत, हिमालमा ४ दशमलव ९ प्रतिशत, काठमाडौं उपत्यकामा ४ दशमलव ९ प्रतिशत र तराईमा ४ दशमलव ३ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ४ दशमलव ६ प्रतिशत, ५ दशमलव ९ प्रतिशत, ३ दशमलव ३ प्रतिशत र ४ दशमलव ४ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७५/७६ मा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७५/७६ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ३ दशमलव १ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेको थियो।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेको थियो। २०७६ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५ दशमलव ४ प्रतिशत रहेको छ। २०७५ असारमा यस्तो मुद्रास्फीति २ दशमलव १ प्रतिशत रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्