निसान किक्स बजारमा



निसान किक्सको नयाँद एक्सभी प्रिमियम अप्सन गाडी सार्वजनिक भएको छ। जसमा १ दशमलव ५ लिटर डिजेल इन्जिन रहेको छ।

यसमा चार क्यामेराको सहायताले चालकलाई विभिन्न एंकलबाट हेर्न सहयोग हुनुका साथै गाडी वरिपरिको ३६० डिग्री दृश्य एउटै स्क्रिनमा हेर्न सकिने छ।

विभिन्न ७ रङबाहेक अरू ४ ड्युल टोलमा पनि उपलब्ध रहेको निसान किक्समा पहिले नै सुधारिएको विशेषता छन्।

कम्पनीका अनुसार निसान किक्स एक आरामदायी, सुरक्षित र उत्कृष्ट डिजाइनको उपयुक्त मिश्रण हो।

यस निसान किक्सको आयात र बजार व्यवस्थापन निसान मोटरको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले गरेको छ।

प्रतिक्रिया दिनुहोस्