एनसेलको ह्याप्पी फादर्स डे ‘बुवा’



नेपाल समाचारपत्र, काठमाडौं।एनसेल प्रालिले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसनअन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ। यो प्रतियोगिता थिम बुवा रहेको थियो।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट इच्छुक सर्ट फिल्म निर्माताबाट प्रतियोगितामा समावेश हुन आह्वान गरेको थियो। यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभालाई चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको थियो। प्रतियोगितामा ७० वटाभन्दा बढी सर्ट फिल्म आएका थिए।

यस प्रतियोगिताको मुख्य उदेश्य भनेको युवा प्रतिभालाई आफ्नो सीप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकका साथ सामाजिक सञ्जालमार्फत साझा गर्न मिल्ने सामग्री हेर्दै यो विशेष दिन मनाउनुरहेको छ।

प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्मका कथाले रचनात्मक र भिन्ना–भिन्नै शैलीमा बुवासँग सन्तानका सम्बन्धका बारेमा चित्रण गरेका थिए।

एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्मलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछ। सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्मको नाम सार्वजनिक गर्दै सहभागीलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो।

कमल सुवेदी र उनको समूहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप १ लाख नगद पुरस्कार र समूहका तीन जनाले १२ महिनासम्म प्रत्येक महिना १० जिबी डेटा पाएका छन्।

त्यस्तै विशाल न्यौपाने र उनको समूहले बनाएको फिल्म ‘द इण्ड अफ कल्चर’ ले दोस्रो पुरस्कार स्वस्प ७५ हजार नगद पुरस्कार र समुहका तीन जनाले १२ महिनासम्म प्रत्येक महिना १० जिबी डेटा प्राप्त गरेक ाछन्।

द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै ५० हजार नगद पुरस्कार जित्नुका साथै समूहका तीन जनाले १२ महिनासम्म प्रत्येक महिना १० जिबी डेटा पाएका छन्।

सान्त्वना पुरस्कारअन्तर्गत दुई सर्ट फिल्मले २५/२५ हजार रुपियाँका साथै यी दुई सर्ट फिल्म निर्माण समुहका ३/३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिनासम्म पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्